जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री « Khabarhub

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा ढंगले कानूनी कारवाही हुने प्रष्ट पारेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनको क्रममा घुसपैठ हुँदा देशमा ठूलो क्षति भएको भन्दै घुसपैठ गर्नेहरूलाई पक्राउ गरि कडा ढंगले कारवाही हुने बताएका हुन् ।

उनले अहिलेसम्म ३८० जनालाई पक्राउ गरिएको र १५० जनामाथि विभिन्न मुद्दाहरू चलेको जानकारी दिए । जेन-जी आन्दोलनपछि ७१० हतियार फिर्ता ल्याइसकेको, १४ हजार ५ सय ४९ कैदी फरार रहेकोमा ९ हजार ५ सय २१ कैदी फिर्ता भइसकेको उनले बताए । गृहमन्त्री अर्यालले हतियार र फरार कैदी फिर्ता ल्याउन विशेष अप्रेसन चलाउने उल्लेख गरे । 

गृहमन्त्री अर्यालले कानुनी राज्यको बहाली भइसकेकाले उद्योगी व्यवसायीहरूको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने प्रतिवद्धता जनाए । नेतालाई मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै उनले अहिले मुलुकमा फरक ढंगले सुशासन कायम भएको जिकिर गरे ।

उनले मुलुकमा सुशासन नभएकै कारण जेन-जी आन्दोलन भएकाले सुशासन दिन नसके द्वन्द्व दोहोरिन सक्ने अवस्थाप्रति सरकार सजग रहेको बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ६ : ०३ बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी