प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत « Khabarhub

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करणअन्तर्गत आज भएको खेलमा जनसेवा क्रिकेट क्लबले उत्कृष्ट सुरुआत गरेको छ ।

जनसेवाले साबिक विजेता नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)माथि ४३ रनको जित दर्ता गर्‍यो । एनआरवाइसी यो हारसँगै लिग चरणबाटै बाहिरिएको छ । उसको यो दोस्रो हार हो । एनआरवाइसी यसअघि शुक्रबार त्रिपुरा क्रिकेट क्लबसँग १८६ रनले पराजित भएको थियो ।

जनसेवाले दिएको १८२ रनको लक्ष्य पछ्याएको एनआरवाइसी १८ दशमलव दुई ओभरमा १३८ रनमा ‘अलआउट’ भयो । जसमा निशान्त जोशीले अर्धशतकीय पारि खेल्दै ५९ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् । खेलका ‘प्लेयर अफ द म्याच’ समेत भएका जनसेवाका नरेन्द्र चन्दले तीन विकेट लिए भने भरत चन्द र कमलेश महरले दुई÷दुई विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको जनसेवा २८ ओभरमा १८१ रनमा समेटियो । जनसेवाका राजेश चन्दले ४४ र नरेन्द्र चन्दले ४० रनको पारि खेले । एनआरवाइसीका भूपेन्द्र चन्दले चार र सुशील भाटले तीन विकेट झारे ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

यस्तै ‘म्यान अफ दी सिरिज’लाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’लाई रु एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए । गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : २० बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज