लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा | Khabarhub Khabarhub

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ का ३१ वर्षीय सोनामसिंह घिसिङ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँका ३५ वर्षीय सुमन रुपाखेती, रौतहटको बौधिमाई नगरपालिका–२ का २४ वर्षीय बिकि ठाकुर हजाम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ का २४ वर्षीय अनिल मोक्तान र सुनसरीको हरिनगर गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार कुशुहवालाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “बढीभन्दा बढी सवारी चालकलाई कारबाही गरेर हामी सक्षम छौँ भन्ने वा अब्बल बन्ने कोसिस गर्दैनाँै । सडक नियमसम्बन्धी सचेतना अभिवृद्धि गरी राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्ने वातावरणको सृजना गर्नु, सडकमा हुने दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक बनाउनु हाम्रो लक्ष्य हो ।”

आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल कक्षको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रवक्ता सुवेदीले आग्रह गरे।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : २४ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।