लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा « Khabarhub

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ का ३१ वर्षीय सोनामसिंह घिसिङ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँका ३५ वर्षीय सुमन रुपाखेती, रौतहटको बौधिमाई नगरपालिका–२ का २४ वर्षीय बिकि ठाकुर हजाम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ का २४ वर्षीय अनिल मोक्तान र सुनसरीको हरिनगर गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार कुशुहवालाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “बढीभन्दा बढी सवारी चालकलाई कारबाही गरेर हामी सक्षम छौँ भन्ने वा अब्बल बन्ने कोसिस गर्दैनाँै । सडक नियमसम्बन्धी सचेतना अभिवृद्धि गरी राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्ने वातावरणको सृजना गर्नु, सडकमा हुने दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक बनाउनु हाम्रो लक्ष्य हो ।”

आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल कक्षको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रवक्ता सुवेदीले आग्रह गरे।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : २४ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज