ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते « Khabarhub

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले शनिबार बताएका छन् ।आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ ।

आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ । आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ ।

पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८० –२५० किलोमिटर प्रति घण्टा को गतिमा आएको थियो । आँधीका कारण रूखहरू ढल्नुका काथै घरहरूमा क्षति भएको“ एजेन्सीले बताएको छ ।

पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा “सुरक्षाका लागि सेना परिचालन गरी गम्भीर आँधीबेहरीबाट प्रभावित सहरको निगरानी गरिरहेको बताएका छन् । मौसम अधिकारीहरूका अनुसार परानाका साथै दक्षिणी राज्यहरू सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ३३ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको