आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती « Khabarhub

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवैध लागूऔषध कारोबार रोक्न लामो दूरीको गस्ती सञ्चालन गरेको छ । प्रहरीले दुर्गम तथा ग्रामीण भेगका नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीको गस्ती सञ्चालन गरेको हो ।

सदरमुकाम खाँदबारीबाट उत्तरी क्षेत्रको किमाथाङ्का नाकासम्मका दुर्गम गाउँबस्तीमा लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्गम तथा ग्रामीण बस्तीमा शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन लामो दूरीका गस्ती सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । उनका अनुसार यही कात्तिक १८ गतेदेखि छ दिनसम्मका गस्ती सुरु गरिएको हो ।

प्रहरी नायब उपरीक्षक मैनालीसहितको टोलीले सदरमुकाम हुँदै भोटखोला गाउँपालिकाको स्याक्सिलागोला, चेपुवा, किमाथाङ्का, हटियागोला, मकालु गाउँपालिकाको हेदाङना, नुमलगायत बस्तीमा गस्ती गर्ने जनाइएको छ ।

स्थानीय क्षेत्रमा शान्तिसुरक्षाको अवस्था सुदृढ गर्नाका साथै आपराधिक गतिविधि, अवैध कारोबार नियन्त्रण तथा नागरिकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले गस्ती सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।

विकट भौगोलिक अवस्था र दुर्गम क्षेत्रमा नियमित गस्ती, समुदायसँग भेटघाट र सूचनाको आदानप्रदानलाई अझ प्रभावकारी बनाउन यो गस्ती उपलब्धिमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । भोटखोला उत्तरी क्षेत्र चीनसँग जोडिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ९ : २९ बजे

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा