११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक « Khabarhub

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।देशभरबाट करिब ४ सय प्रतिनिधि सहभागी बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचन, वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक रुपान्तरणबारे छलफल गरिएको प्रवक्ता मनिष झाले जनाएका छन्।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले विभिन्न प्रतिवेदन पेस गरेका थिए। ती प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझावहरू केन्द्रीय समितिमा पठाइने भएका छन्।

बैठकले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सरकारलाई आग्रह गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको छ।

रास्वपाले उम्मेदवार छनोटदेखि प्रचारसम्मका सबै प्रक्रिया पारदर्शी बनाउने र युवाको सहभागिता बढाउने निर्णय गरेको छ। समानुपातिक उम्मेदवारको सूचीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने निर्णय गरिएको छ।

बैठकले सभापति रवि लामिछानेमाथि दायर मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै निष्पक्ष छानबिनको माग पनि गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : ४६ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको