जापानी प्रधानमन्त्रीले ताइवानी अधिकारीलाई भेट्दा चीन रुष्ट « Khabarhub

जापानी प्रधानमन्त्रीले ताइवानी अधिकारीलाई भेट्दा चीन रुष्ट


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानी अधिकारीसँग भेटघाट गरेको भन्दै चीनले जापानी प्रधानमन्त्री सनाए ताकाइचीको आलोचना गरेको छ । उनले एशिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) सम्मेलनका क्रममा ताइवानका प्रनिनिधिसँग छलफल गरेकी थिइन् ।

उनले उक्त भेटवार्ताबारे सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेकी थिइन् । यसप्रति चीन असन्तुष्ट भएको हो ।

‘यस्ता गतिविधिको प्रकृति र प्रभाव दुबै खतरनाक छन् ।’ चीनको विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले जापानसँग यसबारे कडा विरोध जनाएको पनि उल्लेख गरेको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानी राष्ट्रपतिका सल्लाहकार सिन आईसँग भेटवार्ता गरेकी थिइन् । दुई जनाबीच जापान र ताइवानबीच कायम सहकार्यलाई थप गहिरो बनाउनेबारे कुराकानी भएको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयले जानीजानी ताकाइचीले आईसँग भेटवार्ता गरेको र सामाजिक सञ्जालमा हल्ला मच्चाएको आरोप लगाएको छ । चीनले यस्तो प्रतिक्रिया दिनुअघि चिनियाँ राष्ट्रपति सी जिन्पिङले पनि प्रधानमन्त्री ताकाइचीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ६ : ३६ बजे

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६