संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू) « Khabarhub

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका रुपमा सिंहदरबारको आडमै रहेको ग्यालरी बैठक जीर्ण भवन सवलीकरणको काम समयभित्रै नसकिने भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले भवनको रेट्रोफिटिङ कार्यका लागि गत जेठ ६ गते प्रेरा निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

२०८२ साल मङ्सिर ६ गते आयोजनाको काम सम्पन्न गर्नेगरी सम्झौता भएको हो । आयोजनाको लागत करिब ३९ करोड रहेको छ ।

प्रयोगहीन अवस्थामा रहेको सो भवनलाई पुराना र काम नलाग्ने सामान थुपार्ने ठाउँका रुपमा प्रयोग गर्दै आएकोमा  २०७९ साल चैत ९ गते राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले ग्यालरी बैठक भवनलाई कला, संस्कृतिसहित इतिहास बोकेका सम्पदाको रुपमा रहेको र यसको संरक्षण गर्न निर्देशन दिएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९६५ सालमा सिंहदरबारको आडैमा निजी ‘थिएटर’ का रुपमा ग्यालरी बैठकको निर्माण गराएका थिए । ‘ऐना’हरू लगाएर विशेष तरिकाले सजाइएको ग्यालरी बैठकका भित्ताहरूका कारण  यसलाई ‘ऐना भवन’का रुपमा समेत चिनिने गरिन्थ्यो ।

विदेशी पाहुनालाई आफ्नो वैभव र विलासी शैली देखाउने गरी राणाहरूले यो भवन निर्माण गरेका थिए । यस भवनमा विदेशी पाहुनालाई रात्रिभोज दिन र अन्य समयमा नाचगान हेर्न र भोजभतेर गराउन प्रयोग गरिन्थ्यो ।

२००७ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि सोही भवनमा सल्लाहकार सभा बस्ने गरेको थियो । तत्पश्चात  ग्यालरी बैठक नेपालको संसदीय इतिहासको साक्षीका रुपमा लिने गरिन्छ । २०१५ सालको आमचुनावपछि १६ असार २०१६ मा सोही भवनमा पहिलो संसद बैठक बसेको थियो ।

२०२० साल वैशाख १ गते राष्ट्रिय पञ्चायत बैठकको पहिलो अधिवेशन त्यहीँ बसेको थियो । त्यसैगरी २०४८ सालको आम चुनावपछि सोही भवनमा संसद बैठक बस्न थाल्यो ।

२०६३ सालमा अन्तरिम संसद गठन भएर १५ वैशाख २०६३ मा पहिलो बैठक यसमै बसेको थियो, जसमा तत्कालीन विद्रोही पक्ष माओवादी पनि सहभागी भएका थिए ।

२०६४ सालको संविधानसभा चुनावपछि ६०१ जना सभासद निर्वाचित भएसँगै ठाउँ अभावसँगै वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् भवन सारिएको थियो । जुन भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनका क्रममा आगजनी गरी खण्डहर बनेको छ र 
अहिले सिंहदरबारभित्रै नयाँ संघीय संसद् भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

वास्तुकलाको विशिष्ट नमूनाका रुपमा समेत रहेको ग्यालरी बैठक भवन संसदीय संग्रहालयका रुपमा विकास गर्नुपर्ने माग भएपनि सरकारले भने यसलाई स्टेट गेस्ट हाउस, स्टेट ब्यांक्वेट वा सेमिनार हलका रुपमा विकास गर्ने योजना बनाएको छ । 


तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ९ : ०८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको