महाधिवेशन तयारीबारे एमालेको व्यवस्थापन समिति सचिवालय बैठक « Khabarhub

महाधिवेशन तयारीबारे एमालेको व्यवस्थापन समिति सचिवालय बैठक


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको बैठक पार्टी मुख्यालय च्यासलमा बसेको छ ।

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल र समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । 

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ । महाधिवेशनका लागि बनेका विभिन्न समिति र उपसमितिहरूले युद्धस्तरमा काम गरिरहेका छन् ।

समग्र तयारीको अवस्था बारे छलफल गरी बाँकी काम सम्पन्न गर्न व्यवस्थापन समिति सचिवालय  अर्को बैठक म‌ंसिर २५ गते  बस्ने ढुङ्गेलले जानकारी दिए । 

‘सम्भवतः ११ औँ राष्ट्रिय व्यवस्थापन समिति सचिवालय सो बैठक अन्तिम बैठक हुने छ’, उनले भने ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : १४ बजे

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त