भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह « Khabarhub

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन् ।  

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापन पत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन् ।

पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरी लगायतका स्थानबाट भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानको काम सुरु गरिएको भए पनि पछिल्ला सरकारहरूले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख बताए । 

साथै, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको हो ।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापन पत्र बुझाएको हो । 

दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्वासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको छ।

समितिले राखेका प्रमुख मागहरू:

१) भूमिहीन किसान तथा सुकुम्वासीहरूलाई प्रति परिवार तराईमा दुई विगाह जमिन उपलब्ध गराइयोस् । तराई तथा पहाडमा भएका बाँझो जमिनलाई कृषि कार्यको लागि प्रयोग गर्न आवश्यक नीति बनाई लागु गरियोस् । जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्पपीडितहरू र तराई मधेशका बाढीपीडित भूमिहीन सुकुमवासीहरुलाई तत्काल तराई क्षेत्रमा जग्गा उपलब्ध गराई बसोबासको व्यवस्था गरियोस् ।

२) भूमिहीन सुकुमवासीहरुको वडास्तरवाटै पहिचान गरी निजहरूका छोराछोरीहरूलाई कक्षा १२ सम्म छात्रवृत्ति सहित निःशुल्क अध्ययनको व्यवस्था गरियोस् र परिवारका सबै सदस्यहरूको निःशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य बीमाको व्यवस्था गरियोस् ।

३) बाबु आमाको नागरिकता नभएको कारण जन्मदर्ता गर्नबाट बंचित दलित तथा सीमान्तकृत समुदाय समेतका बालबालिकाहरूको जन्मदर्ता सहज तरिकाले गर्न गराउनका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक निर्देशन जारी गरियोस् ।

समितिले भूमिहीन सुकुम्वासीको समस्या दीर्घकालीन समाधानका लागि सरकार र पार्टी नेतृत्वको प्रभावकारी हस्तक्षेप अब अनिवार्य भइसकेको बताउँदै प्रधानमन्त्री भन्दा पहिले सं योजक प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको बताएको छ।
 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ०० बजे

ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)

काठमाडौं– एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण

ओलीलाई दस्ताबेज बुझाउन च्यासल पुगे ईश्वर पोखरेल (तस्बिरहरू)

काठमाडौं– आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बोकेर नेकपा एमालेका वरिष्ठ

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७

एमाले रौतहटका प्रदेश कमिटी सदस्य बद्रुदिन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं- रौतहट निवासी नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रुदिन अर्मान नेपाली