राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु « Khabarhub

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मङ्सिर २१ देखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । 

उनले भने, ‘हरेक वर्ष गोही नदीमा छाडिन्छ, तिनको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको हो ।’

राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । ती गोहीको सङ्ख्याका लागि गणना गर्न लागिएको हो । थापाका अनुसार राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटको राप्ती नदीसँगको सङ्गमस्थलसम्म गणना गरिने छ । 

गोही गणनाका लागि निकुञ्जका प्राविधिक, नेपाली सेना र बोटे समुदायका व्यक्ति परिचालन गरिएको उनले बताए। 

उनले भने, ‘गोही गणना तथा अनुगमनका लागि आठ जनाको टोली खटिएको छ ।’

गणनाका लागि नदीमा भएका भङ्गालाहरुमा आधारित भएर समय बढी लाग्नसक्ने उनले जानकारी दिए ।

यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न नदीमा छाड्ने गरिन्छ । सन् १९९५ देखि हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १०५ गोही छाडिएको उनले जानकारी दिए । 

गत आर्थिक वर्षमा १३३ र यस आर्थिक वर्षमा १५ गोही छाडिएको छ । नदीमा छाडिएका गोहीमध्ये कतिपयलाई नदीले बगाएर लैजाने गर्दा गोहीको सङ्ख्या अपेक्षाकृत हुन नसकेको उनले बताए।

गत वर्ष गरिएको गणनाका क्रममा ती नदीमा ३५२ वटा घडियाल गोही भेटिएका छन् । राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ गोही भेटिएका थिए । घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् । 

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

 नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : ४५ बजे

ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)

काठमाडौं– एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण

ओलीलाई दस्ताबेज बुझाउन च्यासल पुगे ईश्वर पोखरेल (तस्बिरहरू)

काठमाडौं– आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बोकेर नेकपा एमालेका वरिष्ठ

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७

एमाले रौतहटका प्रदेश कमिटी सदस्य बद्रुदिन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं- रौतहट निवासी नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रुदिन अर्मान नेपाली