राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक « Khabarhub

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।

मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

समसामयिक राजनीतिक युवा सहभागिता वृद्धि गर्ने, सङ्गठन सुदृढीकरण, पार्टीले उठाएका मुद्दाहरू स्थापित गर्ने विषयमा छलफल गरिने बैठकमा पार्टी निकट जनवर्गीय सङ्गठनका समीक्षा गरिने तथा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : १० बजे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप