सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ : मुख्यमन्त्री शाह « Khabarhub

सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ : मुख्यमन्त्री शाह


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र– २०८१’ आज बुझ्दै उनले यस्तो बताएका हुन्  ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार लगानी अनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए। उनले भने, ‘प्रदेश सरकार लगानी मैत्री वातावरण बनाउनतिर लागेको छ । निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

स्थिति पत्र हस्तान्तर गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रपसाद ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताए। उनले नेपालमा नकारात्मक धारणाभन्दा पनि सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताए।
 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : १५ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने