एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड « Khabarhub

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा सो पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरूले जोड दिएका छन् ।

महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए। 

अर्का उपाध्यक्ष पाण्डेले आफूहरूका तर्फबाट महाधिवेशनमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा उम्मेदवार बन्ने र अन्य पदाधिकारीको उम्मेदवारीबारे सरसल्लाह भइरहेको जानकारी दिए। 

पार्टीका स्थायी कमिटीका सदस्य कर्ण थापाले पार्टीलाई व्यक्तिवादी र एकाधिकारवादी सोचबाट अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक भएको तथा विधानबाट दुईवर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउन नहुने राखे।

नेताहरू परशुराम मेघी गुरुङ र विनोद ढकालले पनि पार्टीभित्र जनताको बहुदलीय जनवादको मान्यताबमोजिम अन्तरपार्टी लोकतन्त्रलाई स्थापित गर्न माग गरे। एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँ उपत्यकामा हुँदैछ ।
 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ३३ बजे

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप