ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू) « Khabarhub

ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले महासचिव शंकर पोखरेललाई बुझाएका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासल नआएपछि पोखरेलले महासचिव शंकरलाई पत्र बुझाएको बताइएको छ । 

स्रोतका अनुसार ओली अहिले आफ्नै निवास गुण्डुमा नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ ।

तयार पारेको दस्तावेजपत्र बुझाउनका लागि ईश्वर पोखरेलसँगै नेताहरू उपाध्यक्ष सुरेन्द्र पाण्डे युवराज ज्ञवाली विष्णु पौडेल, सचीव योगेश भट्टराई, नेता  कर्ण थापा लगायत उपस्थित थिए ।

पत्र बुझाएपछि पोखरेलले आफूले उठाएका मुद्दा र मागहरू आगामी एघारौँ महाधिवेशनबाट पारित हुने विश्वास लिएका छन्। 

उनले विधिसम्मत रूपमा नेतृत्व चयन हुने कुरामा ढुक्क भएको बताए ।

नेकपा एमालेको एघारौं महाधिवेशन यही २७ गतेदेखि काठमाडौँमा हुँदैछ। महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

 पोखरेलले भने आफूले बुझाउने दस्ताबेजका विषयमा अध्यक्ष ओलीलाई जानकारी गराइसकेकाले अनुकूलता अनुसार अध्यक्षले आफूले बुझाएको फरक दस्ताबेज अध्ययन गर्ने दाबी गरे । 

दस्ताबेज बुझाउने क्रममा नेता कार्यकर्तासँगै पोखरेल पक्षको ठूलो पङ्क्ति सहभागी थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ४१ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु