मुस्ताङको थासाङमा भालुको जोखिम « Khabarhub

मुस्ताङको थासाङमा भालुको जोखिम


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोमको अधीनमा रहेको उक्त स्थानमा भालुको जोखिम बढेसँगै स्थानीयवासी त्रसित भएका छन् ।

थासाङको कुञ्जो-ताक्लुङ लगायतका जङ्गलमा घाँसदाउरा गर्न, च्याउ टिप्न र पशुचौपाया चराउन गएका स्थानीयवासी भालुको आक्रमणमा पर्ने गरेका छन् । भालुको  आक्रमणका कारण निर्धक्क रुपमा जङ्गल जान सक्ने अवस्था नरहेको स्थानीयवासी बताउँछन् ।

यसअघि भालुको आक्रमणमा परी स्थानीय घाइते भएका थिए । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले भालुको आक्रमण परी घाइते भएका व्यक्तिलाई वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को दफा ४ को उपदफा  ‘ख’ र ‘ग’ मा भएको व्यवस्थाबमोजिम क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए ।

भालुले बालीनालीसमेत सखाप गर्ने गरेको स्थानीयले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ५ : ०९ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका