प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग- राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गरौँ « Khabarhub

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग- राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गरौँ


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले राखेका मागका बारेमा जानकारी लिएकी छन् । 

सोमबार सिंहदरबारमा प्रसाईंसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अभियानले अघि सारेका मागका बारेमा जानकारी लिएकी हुन्  । 

सो क्रममा प्रसाईँले आफ्ना माग व्यक्तिगत नभई जनताको माग भएकाले गम्भीर हुन आग्रह गरेका थिए भने प्रधानमन्त्री कार्कीले मागका बारेमा पुस २ गतेसम्म आन्तरिक छलफल गरेर पुनः छलफलमा बस्ने जनाएकी थिइन् ।

छलफलपछि संयोजक प्रसाईँले आफूहरूले उठाएका मागका बारेमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले गम्भीर रुपमा लिएको र छलफल गर्ने प्रतिबद्धता आएको बताए । 

उनले आफ्ना माग पुरा नभएसम्म तोकिएको समयमा निर्वाचन हुन नसक्ने विषय समेत प्रधानमन्त्रीलाई अवगत गराएको जिकिर गरे । 

जने-जी आन्दोलनपछि बनेको वर्तमान नागरिकको सरकारले समेत आफ्ना मागको सुनुवाइ नगरे कडा संघर्षमा उत्रनुपर्ने अवस्था आउने उनको भनाइ छ । 

प्रसाईँले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्वासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने, सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलब वृद्धि गर्नुपर्ने, हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका मागहरू राख्दै आएका छन्  । 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ६ : ४७ बजे

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल