अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक « Khabarhub

अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालै गरिएको एक अध्ययनले बिहान कफी पिएमा यसले अल्पायुमा पर्ने सम्भावना कम गराउने देखाएको छ।

अध्ययनले दिउँसो कफी पिउँदा भन्दा बिहान कफी पिउँदा ह्दयघात भएर ज्यान जाने सम्भावनालाई कमी गराउन सक्ने निष्कर्ष निकालेको हो। तर यो एउटै कारण हो या अन्य पनि कारण हुन सक्छन् भन्ने पुष्टि हुन बाँकी छ।

प्रमुख अनुसन्धानकर्ता तथा टलान विश्व विद्यालय ओबिसिटी रिसर्च सेन्टरका प्राध्यापक डा. लुक्वीले बिहान कफी पिउँदा हुने कम जोखिमका सबै कारण भने पत्ता लागि नसकेको बताउँछन्। उनी सहितका टोलीले गरेको अध्ययनको रिपोर्ट बुधबार युरोपियन हर्ट जर्नलमा प्रकाशित भएको छ।

डा. लुक्वी यसका लागि अझ धेरै क्लिनिकल ट्रायल आवश्यक रहेको बताउँछन्। उनले साँझको समयमा शरीरको अन्य भागको गति धेरै फरक हुने भएकाले बिहानको समयमा पिउँदा शरीरको आन्तरिक अवस्था फरक हुने भएकाले यसले असर गर्न सक्ने बताएका छन्।

सन् १९९९ देखि २०१८ को बिचमा ४० हजार ७२५ जनामा यो अध्ययन गरिएको हो। कफी पिएका उनीहरूको अवस्था पछिल्लो वर्षमा हेरेर यो निष्कर्षको नजिक पुगेको जनाइएको छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ३१ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई