सोलुखुम्बुमा आगलागीमा परेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

सोलुखुम्बुमा आगलागीमा परेर एक जनाको मृत्यु


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

 सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।

बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।  

घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । 

आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रजिअ घिमिरेले बताए ।
 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १ : ११ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको