परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण « Khabarhub

परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गरेकी छन् । 

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले आज धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्बल जिल्लाका ६ ओटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गरेकी हुन् । 

यसै वर्षको भारी वर्षाका कारण काभ्रेपलाञ्चोकका रोशी खोला, बेथानचोकलगायतका कैयौँ क्षेत्रमा व्यापक मात्रामा क्षति पुगेको थियो । बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका लागि स्थानीय जनप्रतिनिधिमार्फत उक्त राहत उपलब्ध गराइएको हो । 

सो अवसरमा मन्त्री डा राणाले गत वर्षात मौसमको भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोले देशैभरि अकल्पनीय रूपमा मानवीय तथा भौतिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै मन्त्री डा राणाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने विषयमा सरकारले काम गरिरहेको जानकारी दिइन् ।  
 
मन्त्री डा राणाले नेपाल जलवायु परिवर्तनको चपेटामा परिरहेको र यस वर्षको अकल्पनीय वर्षा र बाढी पनि त्यसैको प्रतिफल भएको बताइन्  । उनले आगामी दिनमा यस्ता सम्भावित जोखिमको सामना गर्नुपर्ने अवस्थामा नेपाल रहेको विषयमा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत विश्वको ध्यानाकर्षण गराइरहेको उल्लेख गरिन् । 

उनले जलवायु परिवर्तनका कारण सिङ्गो नेपालका अतिरिक्त महिला तथा बालबालिका बढी जोखिममा रहेको तथ्यलाई नेपाली समाज, परिवार र राष्ट्रले नै बुझ्नुपर्ने धारणा राख्दै आफू नेपाललाई जलवायु न्याय दिलाउन लागिपरेको पनि बताइन् ।

मुलुकको जनसङ्ख्यामा आधाभन्दा बढी महिला रहेका तर उनीहरूका लागि अवसर भने निकै कम रहेको उल्लेख गर्दै मन्त्री डा राणाले सुरक्षित मातृत्वको पहिलो दायित्व घर  र समाजको भएको बताइन् । उनले भनिन्, ‘सुरक्षित मातृत्वका लागि पहिलो जिम्मेवारी घर र समाज हो, त्यसपछि नीतिगत व्यवस्था गर्ने दायित्व सरकारको हुन्छ, त्यसैले सबैले दायित्वबोधका साथ महिलाका लागि सोच्नुपर्छ ।’

आफू पनि प्रसव पीडा भागेको अनुभवकै कारण सुरक्षित मातृत्व सम्बन्धी संस्था स्थापना गरी अभियानमा लागेको उनले स्मरण गरे । 

सोही अभियानकै कारण नेपालका महिलाहरू सुरक्षित मातृत्वसम्बन्धी विषय संविधानमा राख्न सफल भएको पनि बताइन् । 
प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वको विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ भन्दै उनले यसका लागि  घर तथा छरछिमेकले पनि साथ दिनुपर्नेमा जोड दिइन् ।
 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  २ : ३९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा