खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि « Khabarhub

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन भएको थियो । 

शङ्कास्पदमध्ये एक सय ८६ बिरामीको पुनः परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिए । 

‘शङ्कास्पदको खकार पुनः परीक्षण जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट भएको हो’, उनले भने ।

थप एक सय शङ्कास्पद बिरामीको पुनः परीक्षण बाँकी रहेको बताउँदै उनीहरूको जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ आधारभूत शाखाका क्षयरोग निवारणका संयोजक पुष्पराज पाण्डेले उल्लेख गरे ।

क्षयरोग सङ्क्रमण फेला परेका बिरामीलाई औषधि सेवन सुरु गरिएको उनले जानकारी दिए ।

जिल्लामा वार्षिक रूपमा तीन सय बिरामीको परीक्षण हुनुपर्नेमा हाल एक सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  २ : ५३ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको