क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर « Khabarhub

क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराइएको छ ।

केही दिनदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएपछि त्यहाँस्थित उद्धारकर्मीलाई पनि मुस्किल परेको छ । क्यालिफोर्नियाका गभर्नर आफैं आगो नियन्त्रणका लागि खटिएका छन् । तर डढेलोको भीषण स्वरुपका अगाडि कसैको केही नलाग्ने अवस्था आएको छ ।

डढेलो तीव्र गतिमा फैलिएपछि अमेरिकी सरकारले हलिउड हिल्सस्थित डल्बी थिएटर, हलीउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम संकटमा परेका छन् ।

डल्बी थिएटर त्यही स्थान हो, जहाँबाट एकाडेमी पुरस्कार समारोह आयोजित गरिन्छ । अहिले डढेलेका कारण हलिउड आसपासको सडकमा भागदौड मच्चिएको छ ।

कयौँ मानिस सुटकेस लिएर अन्यत्र जाने कोसिसमा छन् । आगो पुगेको स्थानका सबैजसो सडक ट्राफिकले भरिएका छन् ।

यी सडकमा प्रतिष्ठित हलिउड बुलेवार्ड र हलिउड वाक अफ फेम पनि छन् । केही मानिस भाग्नका लागि गलत बाटो अपनाउँदा फसेका छन् । अहिलेसम्म त्यहाँ डढेलोमा परेर ५ जनाले ज्यान गुमाइसकेका छन् ।

आगो निभाउन हेलिकप्टर र कयौँ जहाज प्रयोग गरे पनि फैलिने क्रम रोकिएको छैन । डढेलो फैलिँदै सहरतिर अघि बढेकाले क्षति अझै ठूलो हुन सक्ने अनुमान गरिएको छ ।

सबै तस्बिरहरू : एपी

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ३ : २३ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब