नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरीमा नेपाली सेनाले निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।  

सेनाको श्री बरख गणले सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित तेरहौतामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

स्थानीयहरूसँगको सैनिक नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले श्री नं.२७ बाहिनी अड्डा तथा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मसंगको सहकार्यमा तेरहौतामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको श्री बरख गणले जनाएको छ ।

उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण, आँखा जाँच तथा चस्मा वितरण जस्ता सेवाहरू प्रदान गरिएको थियो ।  

उक्त शिविरबाट महिला १९६ जना र पुरुष ८९ जना गरी जम्मा २८५ जना स्थानियवासीहरु लाभान्वित भएका थिए भने आँखाको समस्या पहिचान भएका १२० जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको सेनाले जनाएको छ ।

सो क्रममा गणले जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा शितलहर पीडित अति विपन्न १ सय ३२ जना स्थानीयहरूलाई न्यानो कम्बल समेत वितरण गरेको थियो । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ३ : ३४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा