अनेरास्ववियुलाई ओलीको निर्देशन- एमाले कहाँ छ भन्नेहरूलाई हराएर उत्तानो पारिदिए हुन्छ « Khabarhub

अनेरास्ववियुलाई ओलीको निर्देशन- एमाले कहाँ छ भन्नेहरूलाई हराएर उत्तानो पारिदिए हुन्छ


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीबिना मैदानमा उत्रिएर जित्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गरेका छन् ।

अनेरास्ववियुले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार एमालेको केन्द्रीय कार्यालयमा गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले स्थापित र सफल खेलाडीले अरूको वैशाखी नटेकी आफैँ दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गरे  । 

अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान बन्दै अगाडि बढ्न र सफलता हासिल गर्न शुभकामना दिए । 

नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुरु भएको उल्लेख गर्दै उनले प्रजातन्त्र स्थापनाअघि गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण दिएको ओलीले बताए । उनले गङ्गालाले सङ्गठनसमेत बनाएकाले त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गरे  ।

अध्यक्ष ओलीले त्यही बीउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको बताए । अब निर्णायक शक्तिको निर्माणको दिशामा अग्रसर भएको जनाउँदै मार्छौ र सिद्ध्याउँछौँ भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको ओलीले बताए । 

‘खै एमाले, कहाँ छ एमाले भन्नेहरूलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ’, अध्यक्ष ओलीले भने, ‘विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो । तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरूलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्दै भविष्यका कर्णधारका रूपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाई अनेरास्ववियु मात्रै हुन सक्ने बताए । 

अनेरास्ववियुका पूर्वअध्यक्ष एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमालेको जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरू कार्यक्रममा उपस्थित थिए । आगामी फागुन १५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : ४३ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा