२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी « Khabarhub

२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिने क्रममा ६५ लाख रुपैयाँ धरौटी मागेका हुन् ।

अदालतले मागेको धरौटी बुझाएमा रवि बिहीबार नै रिहा हुने छन् । तर काठमाडौं र चितवनसहितका जिल्लामा मुद्दा बाँकी रहेकाउले उनी फेरि समातिन सक्नेछन् ।

उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरीको हिरासतमा थिए । रविविरूद्ध प्रहरीले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग पनि लगाएको थियो ।

यसअघि गत ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा लगेको थियो ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाएको थियो ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको थियो । तर करिब २८ करोड बिगो दाबी गरिएको मुद्दामा अदालतले रविसँग ६५ लाख धरौटी मागेको हो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : १२ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर