अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने « Khabarhub

अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने

फरार हुँदा एमाले नेता ऋषि पोखरेलले भनेका थिए– श्रीमती बिरामी छिन् !


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

बिराटनगर– सहकारी ठगी प्रकरणमा मोरङ जिल्ला अदालतलाई १० लाख रुपैयाँ धरौटी बुझाएकी अञ्जला कोइराला शुक्रबारदेखि विद्यालयमा हाजिर हुने भएकी छिन् । उनी बिराटनगरस्थित महेन्द्र रात्री माविकी शिक्षिका हुन् ।

मोरङको उमागौरी कृषि सहकारीको रकम अपचलन गरेको आरोपमा अदालतबाट बुधबार धरौटीमा छुटेकी कोइरालाले शुक्रबारदेखि विद्यालयमा हाजिर हुने जानकारी गराएको विद्यालय प्रशासनले खबरहबलाई बतायो ।

‘विहीबार उहाँ विद्यालय आउनुभए, भोलि (शुक्रबार) देखि हाजिर हुने जानकारी गराउनुभएको छ,’ प्रधानाध्यापक झंकप्रसाद पराजुलीले भने, ‘विहीबारसम्म उहाँको विदा कायम छ ।’

प्रधानाध्यापक पराजुलीका अनुसार कोइरालाले आफ्नो बार्षिक विदाअनुसार ‘बिरामी विदा’ लिएकी थिइन् ।

उनले मुद्दा लागेर फरार रहेको अवधिको समेत तलव सेवा सुविधा नियमित रुपमै पाउने प्रधानाध्यापकले पराजुलीले बताए । बिरामी भएको आवश्यक कागजात विद्यालय प्रशासनलाई बुझाएका कारण कोइरालाको तलव भत्ता नियमित हुने प्रधानाध्यापक पराजुलीको तर्क छ ।

महेन्द्र रात्री माविमा बिहानी र रात्रीकालीन पठनपाठन हुँदै आएको छ । बिहान कक्षा १ देखि ५ सम्मको पढाइ हुने गरेको छ । ६ देखि १० कक्षासम्म भने साँझ कक्षा सञ्चालन हुँदै आएको छ । अञ्जला बिहानी कक्षाकी स्थायी शिक्षिका हुन् । उनले ०६६ सालदेखि यहाँ पढाइरहेकी छिन् । उनी सहकारीको अध्यक्ष रहेका बेलामा समेत शिक्षण पेशामै थिइन् ।

उमागौरी सहकारीको रकम ठगी गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले मंसिर २७ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि शिक्षिका कोइराला फरार भएकी थिइन् । मुद्दा दर्ताको भोलिपल्ट २८ गते पनि विद्यालयमा हाजिर भएकी उनी त्यसपछि भने ५ दिनको विदा लेखेर फरार भएकी थिइन् ।

श्रीमतीले लिएको ५ दिनको विदा सकिएपछि थप विदाको सूचना विद्यालय प्रशासनमा उनका श्रीमान एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्यालयलाई दिएका थिए । उनले फोन गरेर ‘श्रीमती बिरामी भएको’ भन्दै केही दिन विदा थपिदिन भनेका थिए ।

सभापति पोख्रेलले विद्यालय प्रशासनमा पठाएको पत्रमा अनिश्चितकालका लागि बिरामी विदा दिन माग गरिएको थियो । अन्ततः ६ दिनसम्म चाडपर्व विदा लिन पाउने व्यवस्था रहेकोमा कोइरालाले ५ दिन सोही शीर्षकमा थप विदा लिएकी थिइन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ४६ बजे

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज– जिल्ला प्रहरी कार्यालयले वीरगन्जको अवैध गोदाममा छापा मार्न जाँदा

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियान : रामप्रसादराईमा ज्ञान महोत्सव

भोजपुर– जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप