अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने « Khabarhub

अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने

फरार हुँदा एमाले नेता ऋषि पोखरेलले भनेका थिए– श्रीमती बिरामी छिन् !


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

बिराटनगर– सहकारी ठगी प्रकरणमा मोरङ जिल्ला अदालतलाई १० लाख रुपैयाँ धरौटी बुझाएकी अञ्जला कोइराला शुक्रबारदेखि विद्यालयमा हाजिर हुने भएकी छिन् । उनी बिराटनगरस्थित महेन्द्र रात्री माविकी शिक्षिका हुन् ।

मोरङको उमागौरी कृषि सहकारीको रकम अपचलन गरेको आरोपमा अदालतबाट बुधबार धरौटीमा छुटेकी कोइरालाले शुक्रबारदेखि विद्यालयमा हाजिर हुने जानकारी गराएको विद्यालय प्रशासनले खबरहबलाई बतायो ।

‘विहीबार उहाँ विद्यालय आउनुभए, भोलि (शुक्रबार) देखि हाजिर हुने जानकारी गराउनुभएको छ,’ प्रधानाध्यापक झंकप्रसाद पराजुलीले भने, ‘विहीबारसम्म उहाँको विदा कायम छ ।’

प्रधानाध्यापक पराजुलीका अनुसार कोइरालाले आफ्नो बार्षिक विदाअनुसार ‘बिरामी विदा’ लिएकी थिइन् ।

उनले मुद्दा लागेर फरार रहेको अवधिको समेत तलव सेवा सुविधा नियमित रुपमै पाउने प्रधानाध्यापकले पराजुलीले बताए । बिरामी भएको आवश्यक कागजात विद्यालय प्रशासनलाई बुझाएका कारण कोइरालाको तलव भत्ता नियमित हुने प्रधानाध्यापक पराजुलीको तर्क छ ।

महेन्द्र रात्री माविमा बिहानी र रात्रीकालीन पठनपाठन हुँदै आएको छ । बिहान कक्षा १ देखि ५ सम्मको पढाइ हुने गरेको छ । ६ देखि १० कक्षासम्म भने साँझ कक्षा सञ्चालन हुँदै आएको छ । अञ्जला बिहानी कक्षाकी स्थायी शिक्षिका हुन् । उनले ०६६ सालदेखि यहाँ पढाइरहेकी छिन् । उनी सहकारीको अध्यक्ष रहेका बेलामा समेत शिक्षण पेशामै थिइन् ।

उमागौरी सहकारीको रकम ठगी गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले मंसिर २७ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि शिक्षिका कोइराला फरार भएकी थिइन् । मुद्दा दर्ताको भोलिपल्ट २८ गते पनि विद्यालयमा हाजिर भएकी उनी त्यसपछि भने ५ दिनको विदा लेखेर फरार भएकी थिइन् ।

श्रीमतीले लिएको ५ दिनको विदा सकिएपछि थप विदाको सूचना विद्यालय प्रशासनमा उनका श्रीमान एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्यालयलाई दिएका थिए । उनले फोन गरेर ‘श्रीमती बिरामी भएको’ भन्दै केही दिन विदा थपिदिन भनेका थिए ।

सभापति पोख्रेलले विद्यालय प्रशासनमा पठाएको पत्रमा अनिश्चितकालका लागि बिरामी विदा दिन माग गरिएको थियो । अन्ततः ६ दिनसम्म चाडपर्व विदा लिन पाउने व्यवस्था रहेकोमा कोइरालाले ५ दिन सोही शीर्षकमा थप विदा लिएकी थिइन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ४६ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा