उद्योगमन्त्री भन्छन्- उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् « Khabarhub

उद्योगमन्त्री भन्छन्- उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्  । 

आजदेखि यहाँ सुरु भएको १५औँ चितवन महोत्सवको उद्घाटन गर्दै उनले कानुनमा रहेका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण बनाउन लागेको बताए ।

उनले भने, ‘सरकार लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन तयार छ । ढुक्क भएर लगानी गर्दा हुन्छ ।’ विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उनले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुनसक्ने बताए । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उनको भनाई थियो ।  

उनले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताए  । उनले भने, ‘उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाटसमेत सम्बोधन गरेको छ ।’

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर गरिएका हरेक कार्यक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले जिल्लाको मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताइन् । 

महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए  । 

महोत्सवमा चार सय ३० वटा प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवमा चीनको छुट्टै प्रदर्शनी कक्ष रहेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : ०६ बजे

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ

बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना

काठमाडौं– गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ

दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?

काठमाडौं- सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

काठमाडौं– सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्‍याइरहेको क्षति

‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’

बरहथवा– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद्