हराएका ३३ दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण | Khabarhub Khabarhub

हराएका ३३ दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका ३३ दुई पाङग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ मोटरसाइकल र आठ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे  । 

हराएका ती सवारीसाधन काठमाडौंको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँ बसपार्क, बौद्धलगायत स्थानबाट ट्राफिक प्रहरीले फेला पारेको हो । 

ट्राफिक प्रहरीले चालु आवको हालसम्ममा काठमाडौं उपत्यकाबाट विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २८ दुई पाङ्ग्रे सवारीसाधनसहित सो कार्यमा संलग्न ४० जनालाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए  । 

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/८० मा चार यस ९९ र आव २०८०/८१ मा चार सय १७ दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न तथा सर्वसाधारणको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरे । 

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा फोन गर्न र नजिकको प्रहरी चौकीमा निवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : १५ बजे

सभामुखलाई विपक्षी दलको सुझाव- विधेयक फिर्ता नगरी अध्यादेश ल्याएकोबारे सरकारसँग कुरा गर्नुस्

काठमाडौं– संघीय संसदमा रहेका विपक्षी दलहरूले संसदमा पुगेका विधेयक फिर्ता नै

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : पक्राउ परेकामध्ये एकजना रास्वपाका जिल्ला नेता, अर्का शुभेच्छुक

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गत माघ २ गते काठमाडौं

२ लाख ७५ हजार भाइल एचपीभी खोप विराटनगर आइपुग्यो

विराटनगर– आउँदो माघ २२ गते देखि सुरु हुने पाठेघरको मुखको

सूचनाको हकले शासन प्रणालीलाई पारदर्शी बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन

गलत नियत राखेर कसैले पनि सूचना माग्न हुँदैन : प्रमुख आयुक्त आचार्य

काठमाडौं– सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले गलत नियत राखेर