रविलाई राहत मिलेकै दिन दुर्गा प्रसाईंलाई पनि धरौटीमा छाड्न आदेश « Khabarhub

रविलाई राहत मिलेकै दिन दुर्गा प्रसाईंलाई पनि धरौटीमा छाड्न आदेश


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले विवादि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

भारतका चर्चित गुन्डा नाइकेका रुपमा परिचित लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याउँदै आपराधिक लाभ लिएको कसुरमा गत पुस २४ गते प्रसाईंविरुद्ध मुद्दा परेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईं र उनका तीनजना सहयोगीविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) को कसुरमा मुद्दा दर्ता गरेको थियो ।

यस प्रकरणमा प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको थियो । उनीहरू दुईजनालाई पनि अदालतले रिहा गर्न भनेको छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : २६ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा