रविलाई राहत मिलेकै दिन दुर्गा प्रसाईंलाई पनि धरौटीमा छाड्न आदेश | Khabarhub Khabarhub

रविलाई राहत मिलेकै दिन दुर्गा प्रसाईंलाई पनि धरौटीमा छाड्न आदेश


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले विवादि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

भारतका चर्चित गुन्डा नाइकेका रुपमा परिचित लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याउँदै आपराधिक लाभ लिएको कसुरमा गत पुस २४ गते प्रसाईंविरुद्ध मुद्दा परेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईं र उनका तीनजना सहयोगीविरुद्ध संगठित आपराधिक लाभ (एक्सटर्सन) को कसुरमा मुद्दा दर्ता गरेको थियो ।

यस प्रकरणमा प्रसाईंसहित पाँचथरका हरिचन्द्र फुयाँल ‘नवीन’ र तेह्रथुमका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको थियो । उनीहरू दुईजनालाई पनि अदालतले रिहा गर्न भनेको छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : २६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि