एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर « Khabarhub

एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र ठगी आरोपमा पक्राउ परेका सातजनामध्ये धरौटी बुझाएर केही रिहा भएका छन् ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको आदेशअनुसार बिहीबार साँझ नै एमालेकी पूर्वप्रदेश सांसद मीना गुरुङ र उनका बुवा कृष्णबहादुर गुरुङ र आरती गुरुङ रिहा भएका हुन् ।

न्यायाधीश राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजनासँग धरौटी माग गरेको थियो ।

यस प्रकरणमा छविलाल जोशीसँग ८८ लाख, रविसँग ६५ लाख, लीला पछाईंसँग ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मीना गुरुङसँग ५ लाख, उनका बुवा पूर्वब्रिटिश सैनिक कृष्णबहादुर गुरुङसँग एक लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग भएको थियो ।

यस प्रकरणमा ३७ लाख धरौटी माग गरिएकी पछाईं बुझाउन नसकेपछि कारागार चलान भएकी छन्। उनी गोर्खा मिडिया नेट्वकर्कका अध्यक्ष जीबी राईकी सहयोगीका रपमा थिइन् । यस प्रकरणमा प्रहरीले छविलाललाई असोज ६ र रविलाई कात्तिक २ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ५३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६