एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर « Khabarhub

एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र ठगी आरोपमा पक्राउ परेका सातजनामध्ये धरौटी बुझाएर केही रिहा भएका छन् ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको आदेशअनुसार बिहीबार साँझ नै एमालेकी पूर्वप्रदेश सांसद मीना गुरुङ र उनका बुवा कृष्णबहादुर गुरुङ र आरती गुरुङ रिहा भएका हुन् ।

न्यायाधीश राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजनासँग धरौटी माग गरेको थियो ।

यस प्रकरणमा छविलाल जोशीसँग ८८ लाख, रविसँग ६५ लाख, लीला पछाईंसँग ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मीना गुरुङसँग ५ लाख, उनका बुवा पूर्वब्रिटिश सैनिक कृष्णबहादुर गुरुङसँग एक लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग भएको थियो ।

यस प्रकरणमा ३७ लाख धरौटी माग गरिएकी पछाईं बुझाउन नसकेपछि कारागार चलान भएकी छन्। उनी गोर्खा मिडिया नेट्वकर्कका अध्यक्ष जीबी राईकी सहयोगीका रपमा थिइन् । यस प्रकरणमा प्रहरीले छविलाललाई असोज ६ र रविलाई कात्तिक २ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ५३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर