रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे « Khabarhub

रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

अब अदालती प्रक्रिया पूरा गरेर रविसहित सबै प्रतिवादीहरूलाई फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि लगिने छ ।

‘अहिले सभापति सहित सबै प्रतिवादीहरू कास्की अदालतमै हुनुहुन्छ । अबको करिब एक घण्टापछि फिस्टेल अस्पताल पोखरामा उहाँहरूको स्वास्थ्य परीक्षण गरिनेछ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले खबर हबलाई भने, ‘अहिले अदालत ती प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। आज नै स्वास्थ्य परीक्षण गर्ने काम हुन्छ भनेर जानकारी गराउनुभएको छ।’

स्रोतका अनुसार उनलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ८ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार