गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी « Khabarhub

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न गरेको छ ।

भूमिकास्थान नगरपालिका–६ खिल्जीको बेल्बोटमा भएको नागरिक सुनुवाई कार्यक्रममा असुरकोट, खिल्जी र नुवाकोटका जनप्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम यसअघि छत्रदेव गाउँपालिका, शितगङ्गा नगरपालिका, मालारानी गाउँपालिकालगायतका स्थानमा सम्पन्न गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ८ : ५० बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको