छविलाल जोशी र रामबहादुर खनालले पनि बुझाए धरौटी « Khabarhub

छविलाल जोशी र रामबहादुर खनालले पनि बुझाए धरौटी


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशी र रामबहादुर खनालले पनि बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की अदालतले सातैजना आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनीहरुले धरौटी बुझाएका हुन् । जोशीले ८८ लाख रुपैयाँ र खनालले १५ लाख धरौटी बुझाएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले पनि बैंक ग्यारेन्टीमार्फत ६५ लाख धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

याे पनि…

रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे

यस्तो छ रविलाई छाड्ने १३ पन्ने आदेश (पूर्णपाठ)

सोविता भन्छिन्- सरकारले फसाउन बल गर्दा अदालतले रविलाई न्याय गर्‍यो

एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला जेलतिर

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ९ : ०३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको