स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो « Khabarhub

स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि पत्नी निकिता पौडेलको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ ।

अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

अब अदालती प्रक्रिया पूरा गरेर रविसहित सबै प्रतिवादीहरूलाई फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । उनलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

याे पनि…

रविसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा, जीबीकी सहयोगी लीला हिरासतमै

यस्तो छ रविलाई छाड्ने १३ पन्ने आदेश (पूर्णपाठ)

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ९ : ४९ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा