हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ « Khabarhub

हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले न्याय मरेको छैन भन्ने आवास भएको बताएका छन् ।

पूर्वगृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग भने, ‘न्यायालयलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु न्याय मरेको छैन भन्ने आवास भएको छ। र सम्पूर्ण माया गर्नेलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’

यस्तै लामिछानेले आफ्ना पार्टीका सहकोषाध्यक्ष दीपक बोहराको लाइभमा आएर भनेका छन्, ‘सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । अहिले मेरो बोल्ने बेला आएको छैन बोल्ने पालो आएपछि म नबोल्नु भने पनि बोल्नेछु। तर अहिले मलाई न्यायपूर्ण विश्वास लागेको छ । धेरै धेरै धन्यवाद छ। न्यायालयप्रति विशेष आभारी छु । न्यायालयले न्याय गर्छ भन्ने असाध्यै धेरै विश्वास प्राप्त भएको छ। सबैजनालाई धन्यवाद ।’

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन् ।

न्यायाधीश नितिज राईको इजलासले आज सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईंलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ । अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १० : २६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका