ग्लेन फिलिप्सको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको शानदार जित « Khabarhub

ग्लेन फिलिप्सको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको शानदार जित


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

लाहोर – न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ७८ रनको जित हात पारेको छ। लाहोरमा शनिबार भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डले दिएको ३३० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा समपूर्ण विकेट गुमाउँदै २५२ रनमा सीमित भएको हो।

पाकिस्तानका लागि फाकर जमानले शानदार सुरुवात दिलाउँदै ६९ बलमा ८४ रनको योगदान गरेका थिए। सल्मान आगाले ४० रन जोडे। न्युजिल्यान्डका म्याट हेन्रीले ९.५ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए। माइकल सान्टनरले १० ओभरमा ४१ रन खर्चेर ३ तथा माइकल ब्रेसवेलले पनि १० ओभरमा ४१ रन खर्चेर २ विकेट हात पारे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३३० रनको योगफल खडा गरेको हो। भ्रमणकारी टोलीका लागि ग्लेल फिलिप्सले ७४ बलमा अविजित १०६ रनको योगदान गरे। सुरुमा धिमा गतिमा खेलेका उनले ४० औँ ओभर विष्फोटक ब्याटिङ गरेका थिए। उनले पहिले एक दिवसीय शतक प्रहार गर्ने क्रममा ६ चौका र ७ छक्का प्रहार गरे। अन्तिम ६ ओभरमा न्युजिल्यान्डले ९८ रन जोडेको थियो। ब्रेसवेलले पनि २३ बलमा ३१ रन जाडे।

डारियल माइकलले पनि ८४ बलमा ८१ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए। एक विकेट समेत लिएका फिलिप्स प्लेयर अफ द म्याच घोषित भए।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र