बार काउन्सिल पार्षदमा डिएलएका पाँच र पीपीएलएका दुई उम्मेदवार विजयी, गण्डकीमा दयाराम  « Khabarhub

बार काउन्सिल पार्षदमा डिएलएका पाँच र पीपीएलएका दुई उम्मेदवार विजयी, गण्डकीमा दयाराम 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल कानून व्यवसायी परिषद् पार्षदका लागि शनिबार भएको निर्वाचनमा ७ मध्ये ५ प्रदेशमा प्रजातान्त्रिक कानुन व्यवसायी (डिएलए) का उम्मेदवार विजयी भएका छन् । प्रगतिशील कानून व्यवसायी संगठन (पीपीएलए) दुई प्रदेशमा समेटिएको छ ।

कोशीमा डिएलए समूहका राजु ढकाल, मधेशमा सञ्जीकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, सुदूरपश्चिम टेकबहादुर कठायत निर्वाचित भएका छन् ।

यस्तै, पीपीएलएका तर्फबाट बागमतीमा रविनारायण खनाल र कर्णालीमा मातृकाप्रसाद खनाल विजयी भए । पीपीएलएलाई माओवादी निकट कानून व्यवसायीहरूको समर्थन थियो ।

परिषद् कानून व्यवसायीको अनुगमन र नियमनकारी संस्था हो । परिषद्को ऐनले प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरुको निर्वाचन मण्डलबाट सात प्रदेशबाट १–१ पार्षद्को चयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

महान्यायाधिवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसियसनको अध्यक्ष, सर्वोच्च अदालतको रजिस्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित ७ प्रदेशबाट पार्षद चयन हुने व्यवस्था छ ।

गण्डकीबाट निर्वाचित गौतम पीपीएलएका उम्मेदवार नारायणप्रसाद शर्मासँग ७८ मतान्तरले विजयी भए । गौतमले ३ सय १२ मत ल्याउँदा शर्माले २ सय ३४ मत प्राए । गण्डकीमा मनाङ र मुस्ताङका बाहेक ६ सय ५ मतदाता थिए । गौतम उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ३८ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला