राष्ट्रपति ट्रम्प र क्यालिफोर्निया राज्यबीच कानुनी लडाइँ « Khabarhub

राष्ट्रपति ट्रम्प र क्यालिफोर्निया राज्यबीच कानुनी लडाइँ


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यालिफोर्निया प्रान्तीय सरकार बीचमा कानुनी लडाइँ नै सुरु भएको छ। ट्रम्प प्रशासनले आप्रवासीलाई डिपोर्ट गर्ने निर्णय गरेपछि यसको विरुद्धमा लड्नका लागि क्यालिफोर्निया गभर्नर गेभिन न्युसमले ५० मिलियन अमेरिकी डलर खर्च गर्ने गरी हस्ताक्षर गरेका छन्।

सङ्घीय सरकारका विरुद्धमा कानुनी लडाइँ लड्न लागि २५ मिलियन अमेरिकी डलर खर्च गर्ने उनको निर्णयले टकराब बढेको हो।

यसैगरी, कानुनी समस्याको सामना गरी रहेकालाई बचाउन लागि परेका निकायलाई सहयोग गर्न अर्को २५ मिलियन अमेरिकी डलर तय गरिएको छ। पहिलो कार्यकालमा पनि राष्ट्रपति ट्रम्पको क्यालिफोर्निया राज्यसँग जलवायु नियम, पानी नीति र आप्रवासी अधिकारको विषयमा तनाव भएको थियो। यसरी टकराब भएपछि क्यालिफोर्निया राज्यले ट्रम्प प्रशासनको विरुद्धमा सय भन्दा बढी कानुनी लडाइँ लडेको थियो।

ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती दिनमा नै त्यसै किसिमको कानुनी लडाइँ सुरु भइसकेको छ। न्युसमले यसअघि २.५ अर्ब अमेरिकी डलर विपत् पीडितलाई सहयोग गर्नका लागि हस्ताक्षर गरिसकेका छन्।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ५५ बजे

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता