१० हजार बाख्रालाई पीपीआरविरुद्धको खोप | Khabarhub Khabarhub

१० हजार बाख्रालाई पीपीआरविरुद्धको खोप


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ९ हजार ९ सय ६९ बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो । नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले व्यावसायिक बाख्रापालन गरिएका वडामा यही माघ २० देखि २६ गते सम्म खोप अभियान सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट दश हजार डोज खोप प्राप्त भएकामा नौ हजार नौ सय ६९ डोज खोप बाख्रालाई लगाइएको छ ।

‘घातक सङ्क्रामक रोग पीपीआरका कारण नगरपालिका क्षेत्रमा व्यावसायिक बाख्रापालन गरेका किसानले क्षति व्यहोर्ने आएका थिए’, पशु शाखा प्रमुख भट्टले भने, ‘त्यसलाई न्यूनिकरण गर्न खोप अभियान सञ्चालन गरेका हौँ ।’

यस रोगका कारण बाख्रामा कडा ज्वरो आउने, सिँगान बग्ने, आँखामा ( र्‍याल काढ्ने, चिप्रा (कचेरा) देखिने, छेर्ने, मुख तथा गिजामा पानीफोका जस्ता घाउ आउने र घाँस खान नसकेर बाख्राको मृत्यु हुने गर्छ ।

एक पटक खोप लगाइ सकेपछि तीन वर्षसम्म खोप दिनु नपर्ने पशु प्राविधिक लक्ष्मीदत्त जोशीको भनाइ छ ।  सरकारले खोप अभियान सञ्चालन गरी सन् २०३० सम्ममा पीपीआर खोप नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ३४ बजे

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन