निजी मेडिकल कलेजले स्विकारेनन् आवासीय चिकित्सकलाई सरकारले तोकेको निर्वाह भत्ता दिन | Khabarhub Khabarhub

निजी मेडिकल कलेजले स्विकारेनन् आवासीय चिकित्सकलाई सरकारले तोकेको निर्वाह भत्ता दिन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चिकित्सा शिक्षा आयोगले तोकेको आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी निर्णयप्रति निजी मेडिकल तथा डेन्टल कलेजहरूको एसोसिएसनले आपत्ति जनाएको छ । 

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असहमति जनाउँदै एसोसियसनले एक विज्ञप्ति जारी गरेको हो । 

आयोगले पहिले तोकेको पहिलो वर्षका लागि रु.२५,०००, दोस्रो वर्षका लागि रु. ३०,०००, र तेस्रो वर्षका लागि रु. ३५,००० को निर्वाह भत्ताको निर्णयलाई आफैले कुल्चिएको एसोसिएशनका अध्यक्ष प्रा.डा ज्ञानेन्द्रमान कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चिकित्सा शिक्षा आयोगले लागू गरेको आत्म मूल्याङ्कन फारम ले भर्ना प्रक्रियामा अनावश्यक जटिलता थपेको र सिट निर्धारण गर्दा उचित परामर्श नगरिएको गुनासो एसोसिएसनले गरेको छ । 

एसोसिएसनका अनुसार यसले विद्यार्थी, मेडिकल कलेज, र स्वास्थ्य क्षेत्रलाई प्रत्यक्ष असर पुर्‍याउने भएकाले आयोगले यी निर्णयहरू पुनर्विचार गर्नुपर्ने माग राखेको छ ।

एसोसिएसनले सरकार तथा आयोगलाई मेडिकल शिक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी, र व्यावहारिक बनाउने गरी काम गर्न आग्रह गर्दै सबै सरोकारवाला पक्षसँग समन्वय गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : १९ बजे

दसैँको समयमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी – दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे

चार मन्त्रीको शपथ समारोहमा पुगे सभामुख घिमिरे  

काठमाडौं– नवनियुक्त चार मन्त्रीहरूको शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर

किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ?

काठमाडौं – बलीवुड अभिनेत्री दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ को

गाजाको पीडामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता : प्यालेस्टाइनलाई मान्यता दिने तयारी

एजेन्सी–  संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा,