पाथीभरा केबलकार वार्ता : आन्दोलित पक्षले गृहमन्त्री खोजे, विवाद जहाँको तहीँ « Khabarhub

पाथीभरा केबलकार वार्ता : आन्दोलित पक्षले गृहमन्त्री खोजे, विवाद जहाँको तहीँ


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको मुक्कुमुलुङ-पाथीभरा केबलकार विवादमा आइतबार सरकार र आन्दोलित पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन् ।

उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई मात्रै उपस्थित थिए ।

यता आन्दोलनकारीले आइतबारको वार्तामा गृहमन्त्री रमेश लेखक नै उपस्थित हुनुपर्ने माग राखेका थिए ।

आन्दोलनकारीले केबलकार निमार्ण रोकेर पाथीभरालाई प्राकृतिक रुपमा जस्तो अवस्थामा छ त्यस्तै छाडिदिन माग राखेका छन् ।

तर सरकार पक्ष निर्माण अघि बढिसकेकाले रोक्न नहुने पक्षमा छ । त्यहीकारण सहमति जुट्न नसकेको हो । सहमति नभएपछि सरकारी टोलीका संयोजक भट्टराई खबर गर्ने भन्दै हिँडेका थिए ।

गत माघ २२ गते भएको वार्तामा केबलकारको स्टेशनबारे आइतबार हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको थियो । तर यसबारेमा आजको वार्तामा कुरा भएन ।

माघ २२ को सहमतिमा सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने उल्लेख थियो ।

माघ १२ गते ताप्लेजुङ सदरमुकाममा सुरक्षाकर्मीसँग भएको घटनाबारे छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको थियो ।

आन्दोलनका क्रममा पक्राउ परेका, थुनुमा रहेका बन्दीहरूको बिनाशर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमति भएको थियो ।

मुक्कुम्लुङ संरक्षणका लागि आन्दोलनमा रहेका पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति माघ २२ मा भए पनि आइतबार खासै कुरा अघि नबढेको हो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : २४ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित