पूर्वाधार तथा विकास समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन « Khabarhub

पूर्वाधार तथा विकास समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिले खानेपानी मन्त्रालयमा भएको आगलागीको निरीक्षण गरेको छ । 

आइतबार समितिका सभापति दीपक बहादुर सिंह नेतृत्वको समितिको टोलीले खानेपानी मन्त्रालयमा भएको आगलागीको स्थलगत निरीक्षण गरेको हो । 

समितिलाई खानेपानीमन्त्री प्रदीप यादवले आगलागीको घटना र क्षतिका बारेमा जानकारी गराएका थिए । समितिका सभापति दीपक बहादुर सिंहले यस घटनाले पाठ सिकाएको बताउँदै अब यस्ता घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताए । उनले निरीक्षणका क्रममा कार्यालयका कागजपत्रमा कुनै पनि क्षति नपुगेको समेत बताए ।  

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ३५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल