प्रधानमन्त्रीको जवाफ- अध्यादेश संसद्‍मा प्रस्तुत गर्ने बेला भइसकेको छैन | Khabarhub Khabarhub

प्रधानमन्त्रीको जवाफ- अध्यादेश संसद्‍मा प्रस्तुत गर्ने बेला भइसकेको छैन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला नभएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

गत पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशबारे सोधिएको प्रश्नबारे उनले अध्यादेशलाई मत विभाजनमा लैजाने बेला नभएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको उल्लेख गरेका छन् । उनले अध्यादेश इफेक्टिभ रहेको पनि बताएका छन् । ओलीले अध्यादेशबारे अहिले नै बोल्ने बेला भइनसकेको पनि उल्लेख गरे ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।

यसअघिको बैठकको कार्यसूचीमा रहेको अध्यादेश अन्तिम समयमा सरकारले फिर्ता लिएको थियो । प्रतिनिधि सभामा दुईतिहाइ बहुमत रहे पनि राष्ट्रिय सभाको अंकगणितले सरकारलाई अध्यादेश अघि बढाउन संकट परेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे निर्णय लिन बाँकी हुँदा सरकारलाई आपत् आइलागेको हो ।

यादवले संघीय सरकारमा उपप्रधानसहित गृह या स्वास्थ्य मन्त्री र मधेशको मुख्यमन्त्री दिएमात्रै अध्यादेशमा सहयोग गर्ने अडान लिएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले यसबारे निर्णय नदिँ उपेन्द्र बार्गेनिङ गरेर बसेका छन् । अध्यादेश अस्वीकृत भएमा कांग्रेस-एमालेको शक्ति सरकारलाई नैतिक संकट आउनेछ । त्यहीकारण कांग्रेस–एमालेका नेता यादवलाई फकाउन सक्रिय भएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ०९ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै