‘नक्कली प्रचण्ड’ घनश्यामको सफल शल्यक्रिया, निकालियो दुई केजीको ट्युमर  « Khabarhub

‘नक्कली प्रचण्ड’ घनश्यामको सफल शल्यक्रिया, निकालियो दुई केजीको ट्युमर 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि ठूलो आन्द्राको ट्युमरबाटपीडित ‘नक्कली प्रचण्ड’का नामले चिनिने हास्य कलाकार घनश्याम गौतमको सफल शल्यक्रिया गरिएको छ । 

डेढ वर्षदेखि नेपाल हुँदै भारतसम्म उपचारका लागि पुगेका गौतमको केएमसी अस्पताल सिनामंगलमा १४ घण्टा लगाएर झण्डै २ केजीको ट्युमर निकालिएको उनकी श्रीमती युगज्योति गौतकले जानकारी दिएकी छन् । 

अप्रेसनपछि आइसीयुमै रहेका गौतमको स्वास्थ्यमा सुधार हुँदै आएको छ। ट्युमर ठूलो भएकाले घाउ निको हुन केही समय लागेपनि निको हुने आश्वासन चिकित्सकहरूबाट पाएको गौतम बताउँछिन् । 

खबरहबसँगको कुराकानीमा युगज्योतीले भनिन्, ‘ट्युमरसँगै मानसिक सन्तुलन समेत गुमाइसकेको अवस्थामा उहाँलाई केएमसीमा लिएर आएकी थिएँ । यहाँको उपचार र रेखदेखका कारण आशा मारिसकेको श्रीमानले पुनर्जीवन पाउनुभएको छ । यसका लागि केएमसी अस्पताल प्रशासन र चिकित्सकहरूलाई धन्यवाद दिन्छु ।’

अब छिट्टै निको हुनेछ भन्ने आशा पलाएको युगज्योतिले बताइन् । भक्तपुर क्यान्सर अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै गौतमलाई गत पुस २३ गते केएमसी अस्पताल ल्याइएको थियो । झण्डै एक महिनामा उनको स्वास्थ्यमा निकै सुधार आएको श्रीमती युगज्योतीले बताएकी छन् । 

शल्यक्रिया अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कलाकार गौतमलाई भेटेर उपचारमा सहयोग पुर्‍याउनका लागि सरकारसमक्ष कुरा राख्ने आश्वासन दिएका छन् । 

उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन प्रचण्ड केएमसी अस्पताल पुगेका थिए । भेटघाटका क्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले कलाकार गौतमलाई पहिलादेखि नै भेट्न चाहिरहेको तर समयाभावका कारण भेट्न नपाएको बताएका थिए । 

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालले कलाकार गौतमको उपचारको क्रममा गरेको लापरबाहीका बारेमा समेत अध्यक्ष प्रचण्डले गम्भीर चासो व्यक्त गर्दै उक्त अस्पतालले के गरेको रहेछ, बुझ्नेछु भनेर आश्वासन दिएको कलाकार गौतमकी युगज्योतिले बताएकी छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ५७ बजे

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार