‘नक्कली प्रचण्ड’ घनश्यामको सफल शल्यक्रिया, निकालियो दुई केजीको ट्युमर  « Khabarhub

‘नक्कली प्रचण्ड’ घनश्यामको सफल शल्यक्रिया, निकालियो दुई केजीको ट्युमर 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि ठूलो आन्द्राको ट्युमरबाटपीडित ‘नक्कली प्रचण्ड’का नामले चिनिने हास्य कलाकार घनश्याम गौतमको सफल शल्यक्रिया गरिएको छ । 

डेढ वर्षदेखि नेपाल हुँदै भारतसम्म उपचारका लागि पुगेका गौतमको केएमसी अस्पताल सिनामंगलमा १४ घण्टा लगाएर झण्डै २ केजीको ट्युमर निकालिएको उनकी श्रीमती युगज्योति गौतकले जानकारी दिएकी छन् । 

अप्रेसनपछि आइसीयुमै रहेका गौतमको स्वास्थ्यमा सुधार हुँदै आएको छ। ट्युमर ठूलो भएकाले घाउ निको हुन केही समय लागेपनि निको हुने आश्वासन चिकित्सकहरूबाट पाएको गौतम बताउँछिन् । 

खबरहबसँगको कुराकानीमा युगज्योतीले भनिन्, ‘ट्युमरसँगै मानसिक सन्तुलन समेत गुमाइसकेको अवस्थामा उहाँलाई केएमसीमा लिएर आएकी थिएँ । यहाँको उपचार र रेखदेखका कारण आशा मारिसकेको श्रीमानले पुनर्जीवन पाउनुभएको छ । यसका लागि केएमसी अस्पताल प्रशासन र चिकित्सकहरूलाई धन्यवाद दिन्छु ।’

अब छिट्टै निको हुनेछ भन्ने आशा पलाएको युगज्योतिले बताइन् । भक्तपुर क्यान्सर अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै गौतमलाई गत पुस २३ गते केएमसी अस्पताल ल्याइएको थियो । झण्डै एक महिनामा उनको स्वास्थ्यमा निकै सुधार आएको श्रीमती युगज्योतीले बताएकी छन् । 

शल्यक्रिया अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कलाकार गौतमलाई भेटेर उपचारमा सहयोग पुर्‍याउनका लागि सरकारसमक्ष कुरा राख्ने आश्वासन दिएका छन् । 

उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन प्रचण्ड केएमसी अस्पताल पुगेका थिए । भेटघाटका क्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले कलाकार गौतमलाई पहिलादेखि नै भेट्न चाहिरहेको तर समयाभावका कारण भेट्न नपाएको बताएका थिए । 

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालले कलाकार गौतमको उपचारको क्रममा गरेको लापरबाहीका बारेमा समेत अध्यक्ष प्रचण्डले गम्भीर चासो व्यक्त गर्दै उक्त अस्पतालले के गरेको रहेछ, बुझ्नेछु भनेर आश्वासन दिएको कलाकार गौतमकी युगज्योतिले बताएकी छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ५७ बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा