उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन « Khabarhub

उपेन्द्रको स्पष्टीकरण- अध्यादेशप्रति सकारात्मक छौँ, हाम्रो कारण रोकिएको होइन


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले अहिले नै सरकारमा जाने अवस्थामा नरहेको बताएका छन् ।

यादवले सत्ता गठबन्धनलाई समर्थन गरेको अवस्थामा सरकारमा जान कुनै बार्गेनिङ नगरेको पत्रकारहरूलाई बताए ।

आफ्ना पार्टी र आफूविरुद्ध नियोजित रुपमा चलाइएको भ्रममा कुनै सत्यता नरहेको जिकिर पनि उनले गरेका छन् ।

अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसद्‍को कार्यसूचीमा आउनेबित्तिकै आवश्यक निर्णय लिइने बताए ।

अध्यादेशबारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत उनले बताए ।

यादवले सरकारले ल्याएको अध्यादेशबारे पार्टीले धारणा बनाइरहेको बताएका छन् । पार्टीले धारणा बनाउँदै गरेको बताउँदै उनले अध्यादेशप्रति सकारात्मक रहेको जवाफ दिए ।

‘देश र जनताको पक्षमा निर्णय लिन्छौँ । अध्यादेश हामीले अड्काएको होइन,’ उनले भने, ‘हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो ।’

उनले यसपहिले खबरहबसँगको कुराकानीमा आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताएका थिए । तर उनले शनिबार निर्णय लिने बताए पनि अझै अनिर्णित अवस्थामा छन् ।

प्रतिनिधिसभाबाट अध्यादेश सजिलै पारित हुन्छ । तर राष्ट्रियसभामा जसपाको तीन सिटको साथ मिले मात्रै अध्यादेश पास हुने अवस्था छ । त्यहीकारण फेल हुने डरले अध्यादेश संघीय संसद्‍का दुवै सदनमा पेश गरिएको छैन ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ३२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४