जनमत र नागरिक उन्मुक्तिबीच एकता तयारी, रेशमले भने- मुठ्ठी कसिसकेका छौँ « Khabarhub

जनमत र नागरिक उन्मुक्तिबीच एकता तयारी, रेशमले भने- मुठ्ठी कसिसकेका छौँ


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेमशलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का र डा. सीके रावत नेतृत्वको जनमत पार्टीबीच एकता तयारी भएको छ।

आइतबार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को महाधिवेशनको उद्घाटन सत्रलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै नाउपा संरक्षक रेशमले यस्तो बताएका हुन् ।

चौधरीले डा. राउत र आफूहरू अहिले मुठ्ठी कसेर अगाडि बढिरहेको खुलाएका छन् । ‘यहीँ हाम्रै अगाडि हुनुहुन्छ डा. सीके रावत, उहाँ र हामी मुठ्ठी कसेर हात समातिसकेका छौँ’, उनले भने, ‘अब प्रयोग गर्नमात्रै बाँकी होला, सन्दर्भ आफैँ बुझ्न सक्नु हुन्छ।’

नेता चौधरीले डा. भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति), समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा, जनमत र नाउपा मिलेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको पनि तर्क गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ४२ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली