जनमत र नागरिक उन्मुक्तिबीच एकता तयारी, रेशमले भने- मुठ्ठी कसिसकेका छौँ « Khabarhub

जनमत र नागरिक उन्मुक्तिबीच एकता तयारी, रेशमले भने- मुठ्ठी कसिसकेका छौँ


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेमशलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का र डा. सीके रावत नेतृत्वको जनमत पार्टीबीच एकता तयारी भएको छ।

आइतबार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को महाधिवेशनको उद्घाटन सत्रलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै नाउपा संरक्षक रेशमले यस्तो बताएका हुन् ।

चौधरीले डा. राउत र आफूहरू अहिले मुठ्ठी कसेर अगाडि बढिरहेको खुलाएका छन् । ‘यहीँ हाम्रै अगाडि हुनुहुन्छ डा. सीके रावत, उहाँ र हामी मुठ्ठी कसेर हात समातिसकेका छौँ’, उनले भने, ‘अब प्रयोग गर्नमात्रै बाँकी होला, सन्दर्भ आफैँ बुझ्न सक्नु हुन्छ।’

नेता चौधरीले डा. भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति), समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा, जनमत र नाउपा मिलेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको पनि तर्क गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : ४२ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता