प्रचण्डलाई पदम गिरीको प्रश्न- लडाकुको पैसा दुबई र अमेरिकामा लुकाइयो भनेर छानबिन समिति बना‍औँ ? « Khabarhub

प्रचण्डलाई पदम गिरीको प्रश्न- लडाकुको पैसा दुबई र अमेरिकामा लुकाइयो भनेर छानबिन समिति बना‍औँ ?


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद पदम गिरीले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सामाजिक सञ्जालको हल्लाको कुरालाई बोकेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् ।

पूर्वकानूनमन्त्री समेत रहेका उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले आधारहीन र सामाजिक सञ्जालको हल्लाका कुरालाई संसदीय छानबिनको विषय बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रचण्डले माघ २४ गते संसद्‍मा दिएको पछिल्लो अभिव्यक्ति तर्क र तथ्यहीन तथा घृणा फैलाउने रहेको भन्दै आपत्ति जनाए ।

उनले आधारहीन कुरामा छानबिन गर्ने हो भने प्रचण्ड स्वयम् तानिने पनि बताए ।

‘बजार हल्लाको नीच विषयलाई लिएर पूर्वप्रधानमन्त्रीले स्वीस बैंकको पैसा, कम्बोडियाको लगानी छानबिन गरौं भनेर प्रधानमन्त्रीलाई लाञ्छित गर्ने हो भने हिजो तपाईंहरूसँग लडेका साथीहरूले भनिरहेका छन्, क्यान्टोनमेन्टको अर्बौ रूपैयाँ दुबईका बैंकमा छ खोज्नुपर्छ भनेर’, उनले भने, ‘हिजो युद्धको बेला बैंक लुटपाट गरेको पैसाजति अमेरिकाको लस भेगसको ठूलो जुवाघरमा लगानी भएको छ भन्ने प्रचार भइरहेको छ । के अब हामी यस्तैको पछि लागेर संसदीय छानबिन समिति बनाऊँ भनौँ ?’

उनले प्रचण्डले हावादारी कुरा गरेको भन्दै संयमता अपनाउन आग्रह गरे । ‘तपाईंबाट हामीले त्यही अपेक्षा गर्ने हो ? त्यसैले प्रतिपक्षी नेताले आफ्नो अभिव्यक्ति तथ्य र संयमका आधारमा दिनुपर्छ’, उनले भने।

’पूर्वमन्त्री गिरीले सरकारले ल्याएका अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका युवादेखि सर्वसाधारण जनता सबै खुसी हुँदा प्रतिपक्षमात्र दुःखी हुनुले स्वार्थ समूहलाई धक्का पुगेको हुनसक्ने बताए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : २३ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको