प्रचण्डलाई पदम गिरीको प्रश्न- लडाकुको पैसा दुबई र अमेरिकामा लुकाइयो भनेर छानबिन समिति बना‍औँ ? | Khabarhub Khabarhub

प्रचण्डलाई पदम गिरीको प्रश्न- लडाकुको पैसा दुबई र अमेरिकामा लुकाइयो भनेर छानबिन समिति बना‍औँ ?


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद पदम गिरीले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सामाजिक सञ्जालको हल्लाको कुरालाई बोकेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् ।

पूर्वकानूनमन्त्री समेत रहेका उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले आधारहीन र सामाजिक सञ्जालको हल्लाका कुरालाई संसदीय छानबिनको विषय बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रचण्डले माघ २४ गते संसद्‍मा दिएको पछिल्लो अभिव्यक्ति तर्क र तथ्यहीन तथा घृणा फैलाउने रहेको भन्दै आपत्ति जनाए ।

उनले आधारहीन कुरामा छानबिन गर्ने हो भने प्रचण्ड स्वयम् तानिने पनि बताए ।

‘बजार हल्लाको नीच विषयलाई लिएर पूर्वप्रधानमन्त्रीले स्वीस बैंकको पैसा, कम्बोडियाको लगानी छानबिन गरौं भनेर प्रधानमन्त्रीलाई लाञ्छित गर्ने हो भने हिजो तपाईंहरूसँग लडेका साथीहरूले भनिरहेका छन्, क्यान्टोनमेन्टको अर्बौ रूपैयाँ दुबईका बैंकमा छ खोज्नुपर्छ भनेर’, उनले भने, ‘हिजो युद्धको बेला बैंक लुटपाट गरेको पैसाजति अमेरिकाको लस भेगसको ठूलो जुवाघरमा लगानी भएको छ भन्ने प्रचार भइरहेको छ । के अब हामी यस्तैको पछि लागेर संसदीय छानबिन समिति बनाऊँ भनौँ ?’

उनले प्रचण्डले हावादारी कुरा गरेको भन्दै संयमता अपनाउन आग्रह गरे । ‘तपाईंबाट हामीले त्यही अपेक्षा गर्ने हो ? त्यसैले प्रतिपक्षी नेताले आफ्नो अभिव्यक्ति तथ्य र संयमका आधारमा दिनुपर्छ’, उनले भने।

’पूर्वमन्त्री गिरीले सरकारले ल्याएका अध्यादेशबाट उद्योगी व्यवसायी, सूचना प्रविधि क्षेत्रका युवादेखि सर्वसाधारण जनता सबै खुसी हुँदा प्रतिपक्षमात्र दुःखी हुनुले स्वार्थ समूहलाई धक्का पुगेको हुनसक्ने बताए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : २३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस