ठमेलमा ड्युटीमा तैनाथ प्रहरी कुट्ने दुईजना पक्राउ, अनेरास्वियुका नेतासहित अन्यको खोजी हुँदै « Khabarhub

ठमेलमा ड्युटीमा तैनाथ प्रहरी कुट्ने दुईजना पक्राउ, अनेरास्वियुका नेतासहित अन्यको खोजी हुँदै


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही माघ २४ गते काठमाडौंको ठमेललस्थित सार्वजनिक सडकमा ड्युटीरत दुईजना प्रहरीलाई कुटपिटमा संलग्नमध्ये दुईजना समातिएका छन् ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको ‘क्विक रेस्पोन्स टीम’ (क्युआरटी) का दुईजना प्रहरीमाथि मध्यराति १२ बजे नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताहरूले कुटपिट गरेका थिए ।

६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका बेला सम्झाउन खोज्दा प्रहरीलाई कुटपिट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । यीसहितले मोटरसाइकलमा ड्युटीरत प्रहरीलाई लडाएर कुटपिटपछि लौरोसमेत फ्याँकिदिएको खुलेको छ ।

उक्त प्रकरणमा पक्राउ पर्नेहरूमा ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल र दार्चुलाका २६ वर्षीय रमेश फुलारा रहेका छन् । उनीहरू दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल) का विद्यार्थी हुन् ।

प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई कुटपिटमा संलग्न समूहकामध्ये दुईजनालाई एयरपोर्टबाट पक्राउ गरिएको हो । कुटपिटका मुख्य योनजनाकार भनिएका अनेरास्ववियुकै नेता कमल जोशीसहित अझै ५ जना फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरू दुवैजनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको कुटपिटबाट घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट थियो। उनीहरू ट्रमा सेन्टरमा उपचाररत छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ४१ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई